कहिले फर्किन्छन् खेलाडीहरु स–सम्मान क्याम्पमा ?
नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरु तीन महिनासम्म क्याम्पमा नफर्कने अवस्था बनेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन महिना विदा लिएको अवस्थामा त्यसअघि क्याम्प नहुने अवस्था भएको हो ।
अल्मुताइरीले क्याम्पबाट हटाएका खेलाडीहरुलाई एन्फाको नयाँ नेतृत्वले ससम्मान बोलाउने बताएको थियो । त्यसैअनुसार एन्फाले प्रशिक्षक नेपाल आउने वित्तिक्कै खेलाडीहरुलाई क्याम्पमा बोलाउने बताएको थियो ।
तर, अहिले तीन महिनासम्म नेपालको अन्तर्राष्ट्रिय खेल तालिका नभएकाले खेलाडीहरुलाई अहिले नै बोलाउने अवस्था नभएको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले बताए । उनले त्यसअघि पनि कुनै अन्तर्राष्ट्रिय खेल परेमा सहायक प्रशिक्षकले बोलाउन सक्ने बताए ।
‘खेलाडीहरुलाई तीन महिना पहिले क्याम्पमा बोलाउन कुनै अन्तर्राष्ट्रिय खेलहरु छैनन् । त्यसअघि अन्तर्राष्ट्रिय खेल लागिका भएमा सहायक प्रशिक्षकले क्याम्पमा बोलाउनेछन्,’ राईले रातोपाटीसँगको कुराकानीमा भने ।
राईले प्रशिक्षकको विषयमा भने अहिलेसम्म कुरा नभएको बताए । उनले प्रशिक्षकले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएको बताएका कारण एन्फाले प्रशिक्षकको धारणा नलिएको बताए । तीन महिनापछिको समयमा खेलाडी–प्रशिक्षक विवादको प्रतिवेदन अनुसार आफूहरु अघि बढ्ने राइले बताए ।
‘प्रशिक्षकको स्वास्थ्य अवस्था राम्रो भएपछि हामी उहाँसँग कुरा गर्नेछौं । नेपाल बोलाउने छौं । त्यसपछि अन्य विषयमा छलफल हुनेछ,’ राईले भने । यसअघि प्रशिक्षण र खेलाडीबीच खटपट हुँदा दश जना खेलाडीहरूले बन्द प्रशिक्षण छोडेर गएका थिए । होटलमा बस्ने कुरामा विवाद हुँदा प्रशिक्षक अल्मुताइरीले खेलाडीलाई क्याम्प छोड्न बाध्य बनाएका थिए ।
त्यसपछि पंकज नेम्वाङको नयाँ कार्यसमितिको पहिलो बैठकबाट नै खेलाडीहरुलाई स–सम्मान क्याम्पमा बोलाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?