शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सप्तरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

सोमबार, १३ असार २०७९, १२ : २६
सोमबार, १३ असार २०७९

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५० वर्षीय रघुवीर रामको मृत्यु भएको हो ।  पैदल हिँडिरहेका उनलाई गएराती पौने १२ बजे बा १८ च ९३९० नम्बरको जिप पछाडी सार्ने क्रममा ठक्कर दिएको थियो । 

जिपको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिपसहित चालकलाई ईलाका प्रहरी कार्यालय पातोले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप