बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट

सोमबार, १३ असार २०७९, १२ : १९
सोमबार, १३ असार २०७९

आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले असार १ गतेदेखि ५ गतेसम्म जारी गरेको कुल ६७ हजार कित्ता आईपीओ सोमबार बाँडफाँट भएको हो । गोला प्रथामार्फत भएको आईपीओ बाँडफाँटमा ६ हजार २६१ आवेदकले कम्पनीको सेयर हात पारेका छन् । भने, १६ लाख ६८ हजार ३९१ जना आवेदकहरुको हात खाली हुन पुगेको छ । जुन कुल आवेदनको अधिकतम ९९.६३ प्रतिशत हो । 

कम्पनीका अनुसार आवेदनको अन्तिम दिनसम्म कुल १६ लाख ७४ हजार ६५२ जनाले कम्पनीको आईपीओका लागि आवेदन दिएका थिए । सोमध्ये १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको थियो भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ । रद्द भएका १ हजार ८५८ आवेदकबाट २२ हजार ४४० कित्ता सेयरको माग परेको थियो ।

सदर आवेदनमध्ये ६ हजार २६१ आवेदकले जनही १० कित्ताका दरले ६२ हजार ६१० कित्ता सेयर पाएका छन् भने थप ५ जनाले ११/११ कित्ता सेयर पाएका छन् ।  लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म कुल ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। त्यसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो ।

बाँकी ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप