शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त मन्त्रीले लिए शपथ

सोमबार, १३ असार २०७९, १२ : ०७
सोमबार, १३ असार २०७९

नेकपा एकीकृत समाजवादीबाट सहभागी नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एकीकृत समाजवादीका चार मन्त्रीलाई शपथ खुवाएकी हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम तथा सामाजिक विकास र भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ खाएका हुन । स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीले शपथ खाएका हुन् ।  चार मन्त्री र एक राज्यमन्त्रीले आजै कार्यभार सम्हाल्ने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप