हाटबजार हिँडेका २ नेपाली किशोरी भारतमा बलात्कृत, ४ जना लुटिए
दाङको सीमासँग जोडिएको भारतको मनिकापुरमा हाटबजार हिँडेका नेपाली चेलीको भारतमा बलात्कृत भएका छन् । दाङ राजपुर गाउँपालिका–६ कैरवानाका चेलीहरू बलात्कारसँगै लुटपाटमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतवार दिउँसो भारतको मनिकापुरमा लाग्ने हाटबजार हिँडेका ६ नेपाली किशोरीमध्ये २ जना सामूहिक बलात्कृत भएका हुन् । यस्तै ४ जना लुटपाटमा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रवक्ता मुकुन्द रिजालले आइतबार दिउँसो हाटबजार हिँडेका ६ जना नेपाली किशोरीमध्ये भारतको जंगलमा २ जना माथि सामुहिक बलात्कार र ४ जना लुटपाटमा परेको जानकारी दिए । घटनापछि पीडितका आफन्त र स्थानीयहरुले उनीहरुको उद्धार गरेको डिएसपी रिजाल जानकारी दिए ।
घटनापछि स्थानीयले भारतको हरैया थानामा उजुरी दिए थिए । उजुरी पछि घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीले चारजना पक्राउ गरेको उनको भनाइ छ । पक्राउ परेकाहरुलाई प्रहरीले आवश्यक कानुनी प्रक्रिया थालनी गरिसकेको जनाएको छ । घटनास्थलतर्फ नेपाली सुरक्षाकर्मीको टोली आज बिहान हिँडेको उनले बताए । थप कुरा नेपाली सुरक्षाकर्मीको सूचनाको आधारमा भन्न सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै