शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आलिया भट्ट गर्भवती

सोमबार, १३ असार २०७९, ११ : ३५
सोमबार, १३ असार २०७९

बलिउड अभिनेत्री आलिया भट्ट गर्भवती छिन् । आलियाले इन्स्टामा यसबारे जानकारी दिएकी हुन् । आलियाले आफ्नो पोस्टमा उनको सन्तानको छिट्टै आगमन हुने पनि बताएकी छिन् ।

यसै वर्ष १४ अप्रिलमा रणबीर र आलिया भट्टले विवाह गरेका थिए । आलियाको प्रेग्नेन्सी पोस्टमा उनकी आमा सोनी राजदान र आमाजु रिद्धिमाको पनि प्रतिक्रिया आएको छ । रिद्धिमाले हार्टको इमोजी बनाएकी छिन् भने उनकी आमा सोनी राजदानले लेखेकी छिन्, ‘बधाई मामा एन्ड पापा लायन । ’

आलियालाई आफ्नी छोरी मान्ने करण जोहरले पनि आफ्नो खुसी व्यक्त गरेका छन् ।

आलियाले इनस्टामा दुईवटा तस्बिर सेयर गरेकी छिन् । पहिलो फोटोमा उनी अस्पतालको बेडमा सुतिरहेकी छिन् र उनको सोनोग्राफी भइरहेको छ । कम्प्युटर स्क्रिनलाई ब्लर गरेर त्यसमा हार्ट इमोजी बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप