नेपाललाई जर्मनीको सहयोग जारी रहने
संघीय गणतन्त्र जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयले नेपालसँगको द्विपक्षीय विकास सहयोगलाई सन् २०२३ पछि पनि निरन्तरता दिने निर्णय गरेको छ । जर्मनीका चान्सलर ओलाफ शुल्जले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्रमार्फत जर्मनीको सहयोगलाई दिगो आर्थिक विकास, जलवायु र ऊर्जा, स्वास्थ्य र सामाजिक सुरक्षा गरी तीन क्षेत्रमा जारी राख्ने जनाएका छन् ।
जर्मन राजदूत डा.थोमस प्रिन्जले उक्त पत्र प्रधानमन्त्री देउवालाई हस्ताक्षर गरेका छन् । राजदूत प्रिन्जले भने, ‘जर्मन सरकारले नेपालसँग द्विपक्षीय विकास सहयोग जारी राख्ने निर्णय गरेकोमा म अत्यन्तै खुसी छु, यसले हामीलाई जलवायु परिवर्तनजस्ता महत्वपूर्ण चुनौतीहरूलाई संयुक्त रूपमा सामना गर्ने अवसर प्रदान गरेको छ ।’
जर्मनीको संघीय आर्थिक सहयोग र विकास मन्त्रालयका प्रतिनिधिहरू आधिकारिक द्विपक्षीय सरकारी वार्ताका लागि २०२२ भित्रै आउने जनाइएको छ । नेपाल र जर्मनीबीच ६० वर्षभन्दा लामो समयदेखिको द्विपक्षीय सहयोग रहेको छ । जर्मन विकास सहयोगले दिगो विकास लक्ष्य हासिल गर्न नेपालको प्रयासलाई सहयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या