शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिल्म ‘रीत’को इन्डक्ल्याप

सोमबार, १३ असार २०७९, ११ : ०७
सोमबार, १३ असार २०७९

फिल्म ‘रीत’को छायाङ्कन सकिएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गरेको लिम्बु भाषा र संस्कृतिमा आधारित फिल्म दिनेश लिङ्देनले निर्देशन गरेका हुन् ।  पटकथा, संवाद समेत निर्देशक लिङ्देनको रहेको फिल्मको राजधानीमा एक कार्यक्रमबीच  इन्डक्ल्याप गरिएको थियो । फिल्ममा लिम्बु जातिको विवाहमा हुने संस्कार समेटिएको निर्देशक लिङ्देनले बताए । 

फिल्म ताप्लेजुङको सिनाम, पाँचथर, इलाम र उपत्यकाको विभिन्न स्थानमा छायाङ्कन भएको हो । फिल्मको इन्डक्ल्यापमा कलाकार तथा निर्देशक अशोक शर्माले राज्यले नेपाली कला र संस्कृतिको कथामा निर्माण हुने फिल्मलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

फिल्ममा लक्ष्मी योङहाङ, विमला खजुम, तान्छोहाङ इङनाम, सागर केरुङ, याशेली योङ्हाङ, तेज मेन्याङबो, सोनु लिम्बु, पूर्ण सेलिङ, दिनेश माङमु, रत्ना लिङ्देन, राजु घिमिरे, भीम थेबे, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङ, प्रभु कुरुम्वाङको अभिनय छ ।

होमकुमार लावती, आशा नेम्वाङ र विष्णुकुमार इङ्नाम निर्माता रहेको फिल्ममा वसन्त थेवे सह—निर्माता र मिक हाङ लिङ्देन प्रस्तुतकर्ता छन् । फिल्ममा मान तबेबुङ र अशोक राईको संगीत, श्रेयसी चेम्जोङ, सुसन साम्सोहाङ र मान तबेबुङको गायन, दिनेश माङमुको कोरियोग्राफी र सुमन तामाङको छायाङ्कन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप