बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धर्तीको तापक्रम बढ्दा मानिस पुड्को हुँदै जाने अनुसन्धानको खुलासा

सोमबार, १३ असार २०७९, १० : ३६
सोमबार, १३ असार २०७९

जलवायु परिवर्तका कारण धर्तीमा ग्रीन हाउसको प्रभाव बढ्दै गएको छ । फलस्वरुप धर्तीको तापक्रम दिन दिनै बढ्दै गइरहेको छ । यसको असर बरफ पग्लिने र समुद्रको जलस्तर बढ्ने मात्रै नभई मानिसको उचाईमा पनि पर्ने अनुसन्धानले बताएको छ ।

जलवायुको हिसाबले आफूलाई ढाल्नका लागि यस्तो हुने उक्त अनुसन्धानमा बताइएको छ । यतिबेला मानिसको औसत उचाई करिब ३.५ फिटसम्म सिमित रहने सम्भावना छ । यसबारे एडिनबर्ग युनिभर्सिटीमा अनुसन्धान भएको हो ।

के भन्छन् विशेषज्ञ ?

युनिभर्सिटीका फोसिल एक्सपर्ट (जीवाश्म विशेषज्ञ) प्राध्यापक स्टिव ब्रुसेटले जलवायु परिवर्तनको स्थितिमा जीवित रहनका लागि मानिसको उचाई घट्ने जानकारी दिए । उनले मानिसहरुको सम्भावित अवस्थालाई प्रारम्भिक घोडाहरुसँग तुलना गरे, ती घोडाहरुको आकार सानो थियो किनभने लगभग ५५ करोड वर्ष अघि तापक्रम उच्च हुने गर्दथ्यो । त्यो समयलाई प्यालियोसिन इयोसिन थर्मल भन्ने गरिन्छ ।

आफ्नो किताब ‘द राइज एन्ड रेन अफ द म्यामल्स’ मा ब्रुसेटले गर्मी इलाकाका स्तनधारी चिसो क्षेत्रका स्तनधारीको तुलनामा होचा हुन्छन् किनभने होचो उचाईले जीवलाई चिसो राख्न मद्दत गर्न सक्छ । यो एउटा यस्तो सिद्धान्त हो जसलाई बर्जम्यानको नियम भनेर चिनिन्छ ।  

एक लाख वर्ष अघि पनि मानिसको उचाई ३.५ फिट थियो

द गार्जियनसँग कुराकानी गर्दै ब्रुसेटले होमो फ्लोरेसेन्सिसको उदाहरण दिँदै इन्डोनेशियाली द्वीप फ्लोर्समा लगभग ५० हजारदेखि एक लाख वर्ष अघि मानिसको उचाई ३.५ फिट मात्रै थियो भन्ने जानकारी दिए । हाम्रो प्रजाति अन्य जनावरका लागि हानिकारक रहँदै आएको छ । उनले भने, ‘यदि तपाईं गैँडा, हात्ती, सिंहलगायतका अन्य जनावर हुनु हुँदा हो त सायद तपाईंले मानिसलाई मन पराउनु हुँदैनथ्यो ।’

तापक्रमको असर दिमागको आकारमा पर्ने छैन

सन् २०२१ को एक अध्ययनमा सार्वजनिक भए अनुसार तापक्रम र शरीरको आकारबीच सम्बन्ध हुने गर्छ । यद्यपि, तापक्रमको मस्तिष्कको आकारमाथि कुनै प्रभाव भने पर्ने छैन । मानव र अन्य स्तनधारी प्राणी पनि तापक्रम वृद्धिका कारण स्रोतसाधन अनुसार होचा हुँदै जानेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप