चीनले लद्दाखको सीमामा के–के बदलाव गर्यो ?
पूर्वी लद्दाखको एलएसीमा जुन २०२० देखि भारत र चीनबीच गतिरोध चलिरहेको छ । दुवै देशमा कमाण्डर तहको पटकपटक वार्ता भए पनि गतिरोध कायमै छ । तर, यो बीचमा चीनले दुई वर्षमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा आफ्नो सैन्य शक्ति र हतियार क्षमता बढाएको छ।
अङ्ग्रेजी पत्रिका द हिन्दूमा प्रमुख रूपमा छापिएको समाचारमा स्रोतलाई उद्धृत गर्दै एलएसीको पश्चिमी क्षेत्रमा चीनले एलएसीको १ सय किलोमिटरमा निर्माण गरेको बताइएको छ । सेनाको दायराभित्र सैनिकको सङ्ख्यामा ठूलो वृद्धि भएको छ र लामो दुरीका हतियार, रकेट प्रणाली, आधुनिक प्रतिरक्षा प्रणाली जडान गरिएको छ ।
योसँगै चीनले धावनमार्ग विस्तार गरेको छ भने लडाकु विमान राख्नको लागि ठाउँ बढाएको छ । एक अधिकारीले नाम नछाप्ने सर्तमा भने, ‘सन् २०२० मा अवरोध सुरु हुनु अघि एलएसीको पश्चिमी क्षेत्रको क्षमता २०,००० सैनिक थियो तर अहिले यहाँको पूर्वाधार अनुसार एक लाख २० हजार सैनिक अटाउन सकिन्छ।’ चीनले एलएसीमा सौर्य ऊर्जा र साना जलविद्युत परियोजनाहरू पनि सुरु गरेको छ। यसले चिनियाँ सैनिकहरूलाई जाडोमा लद्दाखमा बस्न मद्दत गर्नेछ।
स्रोतका अनुसार चीनले एलएसी नजिक आधुनिक गाउँ पनि निर्माण गरिरहेको छ। यो चीनको सीमाबाट १०० किलोमिटरको दायरा भित्र छ।
पूर्वी लद्दाखमा समय-समयमा सिनजियाङ मिलिटरी डिस्ट्रिक्ट अन्तर्गत चार पीएलए (चिनियाँ सेना) डिभिजनहरू बदलिन्छन् । सन् २०२० मा अवरोध सुरु हुँदा, चौथो र छैटौँ डिभिजनहरू तैनाथ गरिएको थियो, जसलाई २०२१ मा आठौँ र एघारौँ डिभिजनले प्रतिस्थापन गरेको थियो ।यस वर्ष फेरि चौथो र छैटौँ डिभिजन खटाइँदैछ । यी सबै डिभिजनलाई कम्बाइन्ड आर्म्स ब्रिगेड (क्याब) मा परिणत गर्ने प्रक्रिया चलिरहेको छ ।
उपकरण स्तरोन्नति लगभग सकिएको छ । स्रोतका अनुसार चौथो डिभिजनमा सशस्त्र रेजिमेन्ट रहेको छ, जसमा ZTZ-88 पहिलो पुस्ताको ट्याङ्कलाई ZTQ 15 (Type 15) तेस्रो पुस्ताको आधुनिक लाइट ट्याङ्कले प्रतिस्थापन गरेको छ । यद्यपि, छैटौँ डिभिजनमा टाइप ९६ दोस्रो पुस्ताका ट्याङ्कहरूमा कुनै परिवर्तन गरिएको छैन । प्राविधिक दृष्टिकोणले ट्याङ्कको आगो नियन्त्रण प्रणालीमा सुधार गरिएको छ । त्यसैगरी पाङ्ग्रे बख्तरबन्द गाडीहरू ZBL 08 बाट ZTL-11 मा स्तरोन्नति भएका छन्।
अगस्ट २०२० मा, भारत र चीनले १५ हजार फिटको उचाइमा ट्याङ्कहरू तैनाथ गरेका थिए जब पाङ्गोङ त्सोको दक्षिणी किनारमा रहेको कैलाश पर्वतमालामा भिडन्त भएको थियो । भारतीय सेनाले हल्का ट्याङ्क खरिदका लागि टेण्डर पनि आह्वान गरेको थियो ।
त्यस्तै, हवाई क्षमता र एलएसी नजिकैको एयरबेस स्तरोन्नति गरिएको छ । आधिकारिक स्रोतहरूका अनुसार यसमा लडाकु विमानहरू र ठूला रनवेहरू राख्नको लागि ठाउँको विस्तार पनि समावेश छ।
चिनियाँ सेनाले शिगाट्ज र रुडोकमा हेलीपोर्टहरू निर्माण गरेको छ र गर्गुन्श, ल्हासा र ग्वान्झाउमा रनवे स्तरोन्नति गरेको छ । स्रोतका अनुसार लामो दूरीका हतियारको कुरा गर्दा पीएलएले ५० किमी टोड होविट्जरको ठाउँमा ट्रक होविट्जरहरू तैनाथ गरिएको छ । यसले सेनाको गतिशीलता बढाउनेछ र आक्रमणलाई सजिलो बनाउनेछ ।
थप रूपमा, पीएलएले PHL-3 बहु-रकेट प्रक्षेपण प्रणाली तैनाथ गरेको छ जसको दायरा १०० किलोमिटर छ । स्रोतका अनुसार पूर्वी क्षेत्रमा चीनले एलएसीबाट ५० किलोमिटरको दायराभित्र आर्टिलरी बन्दुकहरू पनि राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का