शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माधव नेपालसँग योगेशको चित्त दुखाई : दुई सय वर्ष बाँच्नुहोस्, पदमा बसिरहनुहोस् !

सोमबार, १३ असार २०७९, १० : ००
सोमबार, १३ असार २०७९

नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा बसिरहन शुभकामना दिएका छन् ।

तत्कालीन नेकपाको विवादमा पार्टी परित्याग नगरी आएका भट्टराईलगायत समूहलाई केही दिन अघि ‘दास’को संज्ञा दिएपछि एमाले नेता भट्टराईले दुई सय वर्ष बाँच्न भन्दै पदमा बसिरहन शुभकामना दिएका हुन ।
पार्टी कार्यक्रममा काठमाडौँबाट धनगढी हवाई यात्राको जाने क्रममा ‘कमरेड माधव नेपाल र म’ शीर्षकमा दुई जना बिचको सम्बन्धका बारेमा पनि भट्टराईले उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् :
कमरेड माधव नेपाल र म !

कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्दा र अशिष्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी   गरेनौ । अस्ति फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवन उपयोगी जवाफ फर्काए । समाजवादीका युवाहरूको चित्त दुखेछ  ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरू खुसी हुने गरी म भन्न चाहन्छु - “कमरेड माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !

कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केहि कुरा:

 १. पञ्चायतकलामा कमरेड रञ्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यति बेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।  

२. वहाँमा थुप्रै राम्रा गुणहरू छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाव रहेका छन् र यो जारी रहने छ ।  

३. नेकपा एमालेको पाँचौँ महाधिवेशन ९ २०४९ ० मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नु भएको हो । हामी सुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौ । 

४. छैटौँ महाधिवेशनमा वहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन । 

५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।  

६. आठौँ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।  

७. नवौँ महाधिवेशनमा वहाँ पुरानै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौँ । जित्नु भएन ।  

८. प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।  

९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिने । त्यसमा मलाई पछुतो छैन ।  

१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिव । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ ।  

११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरूले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरूप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यही मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु  । म कसैको अन्ध समर्थक र अन्ध विरोधी होइन ।  

पुनश्च कमरेड माधव नेपालसँग सवाल जवाफ गर्नु  मेरो मनसाय होइन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप