बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक बस्दै

सोमबार, १३ असार २०७९, ०९ : ३५
सोमबार, १३ असार २०७९

नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक बस्दैछ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा आज (सोमबार) बस्ने बैठकमा देशभरबाट करिब १५ सय जना सहभागी हुने एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले बताए । 

बैठकको शुभारम्भ अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्ने छन् ।  बैठकमा पार्टीको देशभर भएका साङ्गठानिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित एजेन्डामाथि छलफल हुने छ ।

महासचिव डा बेदुराम भुसालका अनुसार हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमाथि पनि छलफल गरिनेछ । भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप