सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

आईजीपी विवाद : कामु प्रधानन्यायाधीश नेतृत्वको संयुक्त ईजलासमा आज तेस्रो पटक सुनुवाइ

सरकारी वकिल र आईजीपीका कानुन व्यवसायीले बहस गर्दै
सोमबार, १३ असार २०७९, ०८ : ४२
सोमबार, १३ असार २०७९

नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सोमबार सुनुवाई हुँदै छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

कामु प्रधान न्यायाधीश कार्की र न्यायाधीश चुडाल सम्मिलित पूर्ण इजलासमा यसअघि जेठ ३० र असार ५ मा सो मुद्दाको सुनुवाई भएको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

आईजीपी नियुक्ती विवाद र एआईजी बढुवा विरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिट लगाउमा राखेर सुनुवाई भइरहेको छ । एआईजी विरुद्ध परेको रिटको सुनुवाई सकिएको छ ।

आईजीपी नियुक्ती विरुद्धको रिटमा विश्वराज पोखरेल तर्फका कानुन व्यवसायीले बहस सकेका छन् । सोमबार सरकारी वकिल र आईजीपी धिरज प्रताप सिंह तर्फका कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।

जेठ १७ मा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले एआईजी बढुवा विरुद्धको रिटका प्रत्यर्थी धीरज प्रताप सिंह, रविन्द्र बहादुर धानुक र बसन्त पन्तको म्याद तामेल गरेर जेठ ३० मा सुनुवाइका लागि पेश गर्न आदेश गरेका थिए ।

घनश्याम अर्याल सहित ३ जना डीआईजीले अहिलेका आईजीपी धीरज प्रताप सिंह र रविन्द्र बहादुर धानुकलाई बरियता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए । आईजीपी विवादको फैसलाबारे आम चासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप