ad
x
पत्रपत्रिका

८ जनामा कालज्वरको सङ्क्रमण, एक जनाको मृत्यु

person explore access_timeअसार १३, २०७९ chat_bubble_outline0

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीका ८ जनामा कालज्वरको सङ्क्रमण देखिएको छ भने तीमध्ये एक जनाको मृत्युसमेत भइसकेको छ।


स्वास्थ्य कार्यालय बैतडीका अनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका २, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकाका एक/एक जनामा कालज्वर देखिएको छ। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले काल ज्वर देखिएकामध्ये शिवनाथका एकजनाको ३ वर्षीय बालकको केही महिना अघि मृत्यु भएको बताए। आठ जनामा काल ज्वर पुष्टि भएपछि नेपाल सरकारको नीतिअनुसार सम्पर्कमा रहेकाहरूको परीक्षण गर्ने कार्य भइरहेको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए। आजको नेपालसमाचारपत्र समाचार छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।