बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर कारोबारमा 'एओएन' हट्ने

सोमबार, १३ असार २०७९, ०५ : ५३
सोमबार, १३ असार २०७९

नेपाल धितोपत्र बोर्डले सेयर खरिद तथा विक्रीमा अल और नन् 'एओएन' सम्बन्धी व्यवस्था हटाउने भएको छ। सेयर बजार घटेको विरुद्ध आन्दोलित पुँजी बजार संघर्ष समिति र धितोपत्र बोर्डबीच आइतबार भएको कार्यान्वयन समितिको पहिलो बैठकमा भएको सहमतिबमोजिम एओएनको व्यवस्था हटाइने धितोपत्र बोर्डले जनाएको छ।

हाल सेयर बिक्रीमा अल और ननको व्यवस्था रहेको छ । यसै व्यवस्थाका कारण सेयर बजार निरन्तर घटिरहेको आन्दोलनकारीको भनाइ छ । साथै, उपत्यका बाहिर शाखा कार्यालय खोल्न पूर्वाधार तयार गरेर बसेका ब्रोकरहरुलाई तत्कालै शाखा खोल्न अनुमति दिने निर्णय भएको पनि बोर्डले जनाएको छ। यो समाचार कारोबार दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप