
१० हजारमा लेभ्लिङको ३ पांग्रे इलेक्ट्रिक स्कुटर

बज्र ग्रुप अन्तर्गतको कम्पनि ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक असक्त व्यक्तिहरुका लागि सुरुमा १० हजार तिरेर उपलब्ध गराउने भएको छ ।
तपाईको गोजीमा कति छ ?’ भन्ने स्किम अन्तर्गत १० हजार रुपैयाँमा लेभ्निङ ब्रान्डको स्कुटर नेपाल भरिको अशक्त व्यक्तिले पाउने छन् । असक्त व्यक्तिको लागि बनाइएको ३पांग्रे स्कुटर को नाम LS01 राखिएको छ | यो स्कुटर जर्मन कम्पनीको बोशको मोटर्स प्रयोग गरिएको स्कुटर हो भने फुल चार्ज मा राम्रो माइलेज दिने हुनाले कुनै पनि अशक्त व्यक्तिले कम्पनीको शोरुम मा गएर १०००० भुक्तानी गरि फाइनान्स मार्फत सजिलैसंग खरिद गर्न पाउने जनाइएको छ |
यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ । त्यसैगरी नगदमा किन्ने लागि भने १० हजार छुट गरिएको कम्पनीले बताएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ