खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला
खोटाङमा विद्यालय गएका छात्र चार दिनपछि खोलामा मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका १३ वर्षीय छात्र रविन दाहाल स्थानीय अखम्कु खोलामा मृत फेला परेका हुन् । गत ८ असारमा बिहान ९ बजे विद्यालय हिँडेका छात्र आइतबार खोलाको सानो दहमा मृत फेला परेको स्थानीय राजन भट्टराईले बताए ।
छात्र कालिका माविमा कक्षा ९ मा अध्ययनरत थिए । विद्यालय गएका छात्र घर नफर्किएपछि खोजी भइरहेको थियो । धान रोप्नका लागि कुलो सफा गर्न गएका स्थानीयले बालकको शव दहमा डुबिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो । पोष्टमार्टमका लागि शव आइतबार साँझ जिल्ला अस्पताल पुर्याइएको छ ।
बाटोमा पर्ने खोलामा वारपार गर्न काठे पुल लगाइएको छ । सोही काठेपुलभन्दा माथिको सानो दहमा छात्रको नांगो शव फेला परेको हो । उनको लुगा फुकालेर खोला किनारमा राखेको पाइएको छ । सो दहमा केटाकेटी पौडी खेल्ने गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य