नेकोसले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने

नेपाल खेलकुद महासङ्घ (नेकोस)ले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। नेकोसका अध्यक्ष विप्लव घोसले आइतबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा दुई दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएका हुन्।
‘अहिले सजिलै राष्ट्रिय टोलीमा खेलाडी आउने वातावरण निर्माण भएको छैन। त्यस्तै ग्रासरुट उत्पादन पनि कम छ। त्यसैलाई परिपूर्ति गर्नको लागि हामीले दुई दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेका हौँ,’ उनले भने। वार्षिक क्यालेन्डरमा दुई दिवसीय क्रिकेटसँगै, महिला क्रिकेट प्रतियोगितासहित अन्य ६ कार्यक्रम सञ्चालन गर्ने पनि उनले जानकारी दिए।
उनका अनुसार नेकोसले यस आर्थिक वर्षमा रातोबल र सेतो जर्सीसहितको नेकोस रेडबल क्रिकेट फेस्टिभल, दुई दिवसीय क्रिकेट प्रतियोगिता, अम्पायर तथा प्रशिक्षक सेमिनार, प्रदेश तहका खेलाडी सम्मिलित बन्द प्रशिक्षण, नेकोस महिला कप तथा खेलाडीहरूलाई लक्षित गरि स्वास्थ्य शिविर सञ्चालन गर्नेछ।
नेपाल क्रिकेट संघ (क्यान)सँग सहकार्य गर्दै यी कार्यक्रमहरू सञ्चालन गर्ने नेकोसका अध्यक्ष घोसले बताए। नेकोसले आयोजना गर्ने रेडबल प्रतियोगितामा १९ वर्ष उमेर समूहका खेलाडीलाई सम्मिलित गराउने योजना रहेको उनले जानकारी दिए। महिला कपमा भने विभागीय टिमलाई सामेल नगराउने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा घट्दा पाकिस्तानमा बढ्यो सेयर बजार
-
बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घद्वारा १० बुँदे मागपत्रसहित मुख्यमन्त्री कार्यालयमा निवेदन
-
सागर एक्लैले पाँच विकेट लिएपछि पुलिस स्कुलले सजिलै हरायो रत्नराज्यलाई
-
नेपालमा नोबेल ब्रान्डको लन्च
-
सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
-
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप