बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘महिला पहिला’ अभियानसहित अघि बढ्ने मन्त्रालयको तयारी छ : मन्त्री रेग्मी

आइतबार, १२ असार २०७९, २० : १२
आइतबार, १२ असार २०७९

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले लैङ्गिक हिंसालाई कम गर्दै महिलाको समग्र विकास गर्नका लागि मन्त्रालयले ‘महिला पहिला’ भन्ने नारासहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएकी छन्  । 

मन्त्रालयले आइतबार आयोजना गरेको महिला उद्यमशीलता विकास प्रशिक्षण कार्यक्रमको समापन सत्रमा उनले ९५ प्रतिशतभन्दा बढी हिंसा घरभित्र हुने गरेको बताइन् । उनले हिंसा विरुद्धको अभियानमा पुरुषलाई पनि समावेश गराउन मन्त्रालयले अभियान सुरुआत गर्न लागेको बताइन् । घरेलु हिंसा विरुद्धको अभियानका साथै महिलाको नेतृत्व क्षमताको विकास गर्नु आवश्यक भएको उनको भनाइ छ । महिलाहरुको उद्यमशीलता प्रवद्र्धनका लागि मन्त्रालयले विभिन्न किसिमका सीप विकास तथा बजारीकरणसम्बन्धी तालिम सञ्चालन गरेको उनले स्पष्ट पारिन् । 

यही असार ३ गतेदेखि १० दिनसम्म सञ्चालन भएको तालिममा भरतपुर र रत्ननगरका गरी २० जना उद्यमी महिलाहरुको सहभागिता रहेको थियो ।  मन्त्रालयको महिला विकास अधिकृत रमा पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा सरोज अधिकारी, शान्ति दाहाल र रत्ना घिमिरेले प्रशिक्षण दिएकी थिइन् । कार्यक्रमको संयोजन तथा सहजीकरण भवानी अधिकारीले गरेकी थिइन् । 

सहभागीहरुले तालिमले उद्यमी महिलाहरुलाई उद्यमशिलताको बहुआयामिक पक्षहरुको विषयमा जानकारी गराएको भन्दै उत्पादनको बजारीकरणका लागि सहज वातावरण बनाउन सके महिलाहरु व्यवसायमार्फत अगाडि बढ्न सक्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप