शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ स्याडोको नयाँ गीत ‘सानी नानी’

आइतबार, १२ असार २०७९, १९ : ३४
आइतबार, १२ असार २०७९

पछिल्लो समय हिपहप गायनमा मानव थापा अर्थात ‘स्याडोे’ चर्चामा छन् । उनै गायक स्याडोको नयाँ हिपहप गीत ‘सानी नानी’ सार्वजनिक भएको छ ।

र्यापर एवं हिपहप गायक स्याडोको ‘सानी नानी’लाई एमएमएस इन्टरटेनमेन्टले दर्शक तथा श्रोतामा ल्याएको हो ।  यसअघि पनि एमएमएस इन्टरटेनमेन्टले स्याडोको हिपहप गीत ल्याइसकेको छ । 

स्याडोको यो पछिल्लो गीत ‘सानी नानी’ ले एक पटक हिपहप संगीतमा तहल्का मच्चाउने अपेक्षा निर्माण पक्षको छ । स्याडोकै शब्द रहेको गीतको भिडियोलाई अनिल मानन्धरले निर्देशन गरेका हुन् । 

मनोज कार्कीले सम्पादन रहेको भिडियो स्याडोसँगै समीक्षा बस्नेतको अभिनय देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप