बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

आइतबार, १२ असार २०७९, १८ : ४४
आइतबार, १२ असार २०७९

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरसम्बन्धी सम्झौता भएको छ । आइतबार आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । 
 
उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गरे ।  होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

 मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्र सहित बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ मर्जर सम्बन्धी अन्य कार्यहरु द्रुत गतिमा अगाडि बढाइने जानकारी गराइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप