ट्राफिक प्रहरीले ट्राफिकमैत्री बोर्ड राख्ने अभियान थाल्यो
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई सचेतना जगाउन र स्व-अनुशासित बनाउन ट्राफिकमैत्री बोर्ड राख्ने अभियान आजदेखि संचालन गरेको छ । यस जनचेतनासँगै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने उपर कारवाही अभियानलाई पनि तीव्रता बनाएको छ ।
काठमाडौँ उपत्यकाको सडकहरूमा ट्राफिक नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना सम्बन्धी लेखिएको सूचनामूलक बोर्डहरू ५७ स्थानमा राखिएको कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
‘दुर्घटना कम गर्ने र सडक अनुशासन कायम गर्न कानुनमै भए अनुसारको सचेतनाका लागि सूचना टाँस गरेका हौँ,’ प्रमुख एसएसपी उमेश राज जोशीले बताए ।
यस्ता बोर्डहरू माइतीघर, सिंहदरबार, पद्मोदय, पुतलीसडक, सीतापाइला, हलचोक, सामाखुशी, नयाँबसपार्क, माछापोखरी, बालाजु, गोंगबु, ग्रीनल्याण्ड, सल्लाघारी, सूर्यविनायक, जगाती, ग्वार्को, सातदोबाटो, महालक्ष्मी स्थानलगायतका स्थानहरूमा राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिसन ८४ बारे अलमल : माओवादीको तर्कमा एमालेको फरक मत
-
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
-
आलोचना खेपिरहेका हार्दिकलाई वसिमको ढाडस : यही मानिसहरूले तिम्रो प्रशंसा गर्नेछन्
-
नेपाललाई एआईपीएस एसियाको कंग्रेस आयोजना गर्ने पहिलो अवसर
-
सङ्घीय मामिला मन्त्रालयका २६ कर्मचारी ५ वर्षदेखि कामविहीन
-
रोशी गाउँपालिकाका अग्निपीडितलाई आर्थिक सहयोग