बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विदेशी चलचित्र प्रदर्शनमा मापदण्ड बनाउनुपर्ने  चलचित्रकर्मीको माग

आइतबार, १२ असार २०७९, १९ : २३
आइतबार, १२ असार २०७९

चलचित्रकर्मीले विदेशी चलचित्र प्रदर्शनमा मापदण्ड बनाएर नेपाली चलचित्र प्रदर्शनलाई विशेष प्रथामिकता दिनुपर्ने जोड दिएका छन् । आइतबार नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको ‘नेपाली चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था’ विषयक अन्तरक्रियामा कलाकर्मीले विदेशी चलचित्रको चलखेलका कारण नेपाली चलचित्रपछि परिरहेको धारणा समेत राखे ।

संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य सचिव टंक महतले विकास बोर्डले समग्र चलचित्र उद्योग र चलचित्रकर्मीहरूको उत्थानका लागि काम गरिरहेको बताए । उनले छिट्टै चलचित्र नीति कार्यन्वयन हुने र चलचित्रकर्मीको समस्या समाधान हुने जानकारी दिए ।

कार्यक्रममा चलचित्रकर्मी मोहन निरौलाले संचारकर्मी शान्ति प्रियसँगको सहकार्यमा तयार पारेको अवधारणा पत्र समेत बाचन गरेका थिए । अवधारणा पत्रमा अधिवक्ता कृष्ण ढुंगाना, संचारकर्मी कृष्ण भट्टराई, संगीतकार सन्तोष श्रेष्ठ र संचारकर्मी डब्बु क्षेत्रीले टिप्पणी गरेका थिए ।

चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष दयाराम दाहालले बोर्डले महामारीको मारमा परेका चलचित्रकर्मीहरूलाई थोरै भएपनि राहत दिएको बताए । उनले आफ्नो कार्यकालमा चलचित्रकर्मीहरूको उत्थान र प्रोत्साहनका लागि स्टोरी बैंकको अवधारणा ल्याएको जानकारी दिए ।

अभिनेता कृष्ण मल्ल, भुवन केसी, लय संग्रौला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, चलचित्र संघका पुर्व अध्यक्ष प्रदीप उदय लगायतले चलचित्रको विभिन्न बिषयमा बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप