२६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
नेपाल राष्ट्र बैंकले २६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आगामी असार १४ गते २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल निष्काशन गर्ने भएको हो ।
बैंकका अनुसार कुल २६ अर्ब १० करोड रुपैयाँ मध्ये २८ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ । इच्छुक खरिदकर्ताहरुले असार १३ गते सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । बैंकले सोही दिन ३ बजे ट्रेजरी बिलको बाँडफाँड गरिने जनाएको छ ।
खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट ट्रेजरी बिलको बिक्री गरिने भएपनि कुल बिलको १५ प्रतिशत भने विना प्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ ।
पैसाको खाँचो पर्दा सरकारले नेपाल राष्ट्र बैंकमार्फत ट्रेजरी बिल बिक्रीबाट अल्पकालिन ऋण उठाउने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐतिहासिक षड्यन्त्रको पासोमा रैथाने शिल्पी समुदाय
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण