२६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
नेपाल राष्ट्र बैंकले २६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आगामी असार १४ गते २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल निष्काशन गर्ने भएको हो ।
बैंकका अनुसार कुल २६ अर्ब १० करोड रुपैयाँ मध्ये २८ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ । इच्छुक खरिदकर्ताहरुले असार १३ गते सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । बैंकले सोही दिन ३ बजे ट्रेजरी बिलको बाँडफाँड गरिने जनाएको छ ।
खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट ट्रेजरी बिलको बिक्री गरिने भएपनि कुल बिलको १५ प्रतिशत भने विना प्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ ।
पैसाको खाँचो पर्दा सरकारले नेपाल राष्ट्र बैंकमार्फत ट्रेजरी बिल बिक्रीबाट अल्पकालिन ऋण उठाउने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद