एसवाई प्यानलको शेयर आउँदै, बिक्री प्रबन्धकमा लागि प्रभु क्यापिटल नियुक्त
आइतबार, १२ असार २०७९, १८ : १४
एसवाई प्यानल नेपाले शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतापत्रमा आइतबार एसवाई प्यानल नेपालका तर्फबाट चोई डोंगिल र प्रभु क्यापिटलका तर्फबाट दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
एसवाई प्यानल कोरियाको लगानी भएको कम्पनी हो कम्पनीले चितवनमा फ्याक्ट्री स्थापना गरी भवन निर्माण सम्बन्धी अत्यावश्यक पर्ने विभिन्न सामाग्रीहरु उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशमा माघी मिलन कार्यक्रम
-
राष्ट्रपतिहरू बफादारीको अपेक्षा गर्छन्, तर ट्रम्प पूर्ण आज्ञाकारिताको माग गर्छन्
-
सरकारले नागरिकलाई दूषित पानी खुवाउने गरेको छ : अध्यक्ष दाहाल
-
ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह
-
माघ १५ मा हुने भनिएको प्रेस सेन्टरको महाधिवेशन सर्ने
-
निर्माण व्यवसायीद्वारा चरणबद्ध आन्दोलनको घोषणा