शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एसवाई प्यानलको शेयर आउँदै, बिक्री प्रबन्धकमा लागि प्रभु क्यापिटल नियुक्त

आइतबार, १२ असार २०७९, १८ : १४
आइतबार, १२ असार २०७९

एसवाई प्यानल नेपाले शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतापत्रमा आइतबार एसवाई प्यानल नेपालका तर्फबाट चोई डोंगिल र  प्रभु क्यापिटलका तर्फबाट दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।  कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
एसवाई प्यानल कोरियाको लगानी भएको कम्पनी हो कम्पनीले चितवनमा फ्याक्ट्री स्थापना गरी भवन निर्माण सम्बन्धी अत्यावश्यक पर्ने विभिन्न सामाग्रीहरु उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप