प्रतिनिधिसभाबाट लोकसेवा आयोगको विधेयक स्वीकृत
प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयक स्वीकृत भएको छ । आइतबारको दोस्रो बैठकमा राष्ट्रियसभामा उत्पति भएको नीति अनुसन्धान प्रतिष्ठान, २०७८ विधेयक र राष्ट्रियसभाबाट भएको संशोधनसहितको लोकसेवा आयोगसम्बन्धी विधेयक, २०७५ स्वीकृत भएको हो ।
अघिल्लो बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले आधा घण्टाका लागि बैठक स्थगन भएको थियो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले राष्ट्रियसभाबाट प्राप्त लोकसेवा आयोगसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सोमाथि सैद्धान्तिक छलफल भएको थियो ।
छलफलमा भाग लिँदै सांसदहरूले लोकसेवा आयोगलाई सबै प्रदेशमा समानुपातिकरूपमा विस्तार गरिनुपर्ने, प्रदेश लोकसेवा आयोगसँगको सम्बन्ध, परीक्षा सञ्चालनमा समन्वय, मुलुकमा दक्ष जनशक्ति र कर्मचारी उत्पादनमा ध्यान दिनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्द्धन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
-
आईटी विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना रहेको क्षेत्र : अध्यक्ष ढकाल
-
९ महिनामा ११९ चलचित्र सेन्सर : ११ लाई एडल्ट, ६४ लाई ‘पीजी’ प्रमाणपत्र
-
गाजामा युद्धविरामका लागि हमासमाथि दबाब बढाउँदै अमेरिका
-
प्रिमियरमा रुचाइयो ‘मनसरा’
-
एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य