बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजेशपायल राईको ‘खुशीको मुहान’ सार्वजनिक

आइतबार, १२ असार २०७९, १७ : १३
आइतबार, १२ असार २०७९

गायक राजेश पायल राईको स्वर रहेको नयाँ गीत ‘खुशीको मुहान’ सार्वजनिक भएको छ । राज मुकारुङको शब्द तथा अम्बर तुम्बोपो सुब्बाको संगीत रहेको गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा जातको कारण वैवाहिक जीवनमा बाँधिन नसकेका एक जोडी प्रेमीको कथा प्रस्तुत गरिएको छ । भिडियोमा नग्मा श्रेष्ठ र सागर थाप ध्रुव प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । सुरज तामाङको निर्देशन रहेको भिडियोमा विशाल थापाको छायाँकन र ज्वाला राईको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप