एमालेको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित
आइतबार, १२ असार २०७९, १५ : २०
नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक भोलि ११ बजेसम्म स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफ्ना माग सम्बोधन नभए सम्म बैठक चल्न नदिने बताए । त्यससँगै सभामुखले भोलिसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभेदकारी रहेको र न्यायोचित रुपमा जिल्लाहरूलाई नसमेटिएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो । सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।
बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिइ अन्य जिल्लालाई उपेक्षा गरिएको एमालेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भिटेन’ले फेरि ल्याए छाडा गीत
-
जग्गा वितरणमा रोक लगाउँदै सर्वोच्चले भन्यो, ‘जङ्गल मासेर बस्ती बसाउन पाइँदैन’
-
कुवेतमा पुर्याएर महिलालाई बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
-
‘मेलो न मेसोका मन्त्री’ किन राख्छन् प्रधानमन्त्रीले ?
-
गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन (तस्बिरहरू)
-
ओटीटीमा ‘चपली हाइट–३’