एमालेद्वारा बागमती प्रदेशसभा बैठक अवरुद्ध
आइतबार, १२ असार २०७९, १५ : ०३
प्रमुख प्रतिपक्ष नेकपा एमालेले बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभेदकारी रहेको र न्यायोचित रुपमा जिल्लाहरुलाई नसमेटिएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।
सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधकेयलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाएका हुन् ।
एमालेको प्रदेश संसदीय दलको बैठकले नै बजेटको विभेदकारी नीतिविरुद्ध प्रदेशसभा अवरुद्ध गर्ने निर्णय गरेको हो ।
बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिइ अन्य जिल्लालाई उपेक्षा गरिएको एमालेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
-
रातो मच्छिन्द्रनाथको रथमा नयाँ पाङ्ग्रा, तस्बिरहरू
-
डढेलो बस्तीमा पस्दा सल्यानमा घरगोठ जलेर नष्ट
-
गाजामा तत्काल युद्धविराम गर्न इजिप्ट र कुवेतको संयुक्त आग्रह
-
मन्त्रिपरिषद् बैठक चार बजे बस्ने
-
अबुधाबी र दुबईमा चट्याङसहित भीषण वर्षा