शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिउँसो दुई बजेपछि फलफूल खानु हुँदैन ? कतिबेला खाँदा बढी फाइदा

आइतबार, १२ असार २०७९, १४ : ३७
आइतबार, १२ असार २०७९

हरेक दिन फलफूल खाँदा शरीर स्वस्थ रहन्छ । फल शरीरका लागि निकै लाभदायी हुन्छ र यसले शरीरलाई गम्भीर रोगबाट पनि बचाउँछ त्यसैले फललाई पोषक तत्वको पावरहाउससमेत भनिन्छ । विशेषज्ञले हरेक व्यक्तिलाई फलको सेवन गर्न सल्लाह दिन्छन् । धेरैजसो मानिस बिहानको ब्रेकफास्टमा फल खान्छन्, कतिले स्न्याक्समा  । कतिले दिउँसो वा बेलुका पनि फल खान्छन् । फलफूल खाने समयको विषयमा थुप्रै भ्रमसमेत पाइन्छ । कतिले ती भ्रमलाई साँचो मान्छन् त कतिले नजरअन्दाज गर्छन् ।

फलफूल खानेबारे सबैभन्दा ठूलो भ्रम यो हो कि दिउँसो दुई बजेपछि फलफूल खानु हुँदैन । कतिले राती पनि फलफूल खानु हुँदैन भनेर सल्लाह दिन्छन् । अब फलफूललाई २ बजेपछि खाने कि नखाने भन्नेबारे जानकारी लिऔँ ।

के भन्छन् विज्ञ ?

कतिले दिउँसो २ बजेपछि त कतिले ४ बजेपछि फलफूल नखान सुझाउँछन् । धेरैको आ–आफ्नै थ्योरी हुन्छ । कतिले दिउँसो फलफूल खाँदा तौल बढ्ने त कतिले पाचन क्रिया खराब हुने बताउँछन् । कतिले त दिउँसो फलफूल खाँदा ब्लड सुगर हाई हुने भएकोले मधुमेह हुनसक्नेसमेत बताउँछन् । तर यीमध्ये कुनै पनि दाबी साँचो होइन । फाइबरको राम्रो स्रोत हुनुबाहेक फलफूलमा पोटासियम, फाइबर, भिटामिन सी र फोलेटजस्ता आवश्यक पोषक तत्व पनि पाइन्छ ।

फलफूल खानका लागि सबैभन्दा उचित समय के हो ?

विशेषज्ञका अनुसार आँप र अन्य फलफूल खाने सही समयबारे थुप्रै भ्रम फैलिएका छन् तर ती भ्रमलाई सही साबित गर्नका लागि निकै कम वैज्ञानिक प्रमाण उपलब्ध छन् । विज्ञका अनुसार फलफूलमा क्यालोरी खासै धेरै हुँदैन र यसलाई राती सेवन गर्नु त्यति खतरनाक पनि हुँदैन, त्यसैले यी भ्रमसँग नडराउनु होस् । फलफूलले शरीरलाई थुप्रै लाभदायी पोषक तत्व र फाइबर प्रदान गर्छ । फलफूल एक स्वस्थ आहारको हिस्सा हो ।

विशेषज्ञका अनुसार दिउँसो कुनै पनि समयमा फलफूल खानु राम्रो हो । तर सुत्नु तीन घण्टा अघि फलफूल वा कुनै पनि प्रकारको खाना नखान विज्ञ सुझाउँछन् । यस्तो गर्दा मज्जाले निद्रा लाग्ने र यसका कुनै साइड इफेक्ट पनि नहुने विज्ञको दाबी छ ।

स्वस्थ रहनका लगि खानुहोस् यी फल

भुइँकटहर

भुइँकटहरुलाई पोषणको भण्डार भनिन्छ । दिनदिनै एक कप भुइँकटर खाँदा १३१ प्रतिशत भिटामिन सी र ७६ प्रतिशत म्यागनिज प्रदान गर्छ । भुइँकटहरमा ब्रोमेलेन पाइन्छ जुन एन्टी इन्फ्लेमेटरी एन्जाइमको मिश्रण हुन्छ र प्रोटिनलाई पचाउने क्षमताका लागि परिचित छ । टेस्ट ट्युब र जनावरमाथि भएको अनुसन्धानले भुइँकटहरुमा पाइने ब्रोमेलेन क्यान्सर र ट्युमरलाई बढ्नबाट रोक्छ भन्ने तथ्य फेला परेको छ ।

स्याउः

स्याउ सबैभन्दा लोकप्रिय र पोषणले भरिपूर्ण फलमध्येको एक हो । यसमा उच्च मात्रामा फाइबर, भिटामिन सी, पोटासियम, भिटामिन के र भिटामिन बी पाइन्छ । अनुसन्धानमा पत्ता लागे अनुसार स्याउमा पाइने एन्टीअक्सिडेन्टले मुटुलाई स्वस्थ राख्छ र टाइप टु मधुमेह, क्यान्सर र अल्जाइमरको खतरालाई पनि कम गर्छ । यसबाहेक स्याउले हड्डीको घनत्व पनि बढाउँछ । स्याउमा पाइने पेक्टिनले आन्द्रामा राम्रो ब्याक्टेरियालाई बढाउँछ र पाचन र मेटाबोलिजमलाई उत्कृष्ट बनाउँछ ।

अनार

अनारलाई पनि स्वस्थ फलमध्ये एक मानिन्छ । ग्रीन टी र रेड वाइनको तुलनामा अनारमा तीन गुणा बढी एन्टीअक्सिडेन्ट पाइन्छ । अनुसन्धानमा पत्ता लागे अनुसार अनारमा पाइने एन्टी इन्फ्लेमेटरी गुणले क्यान्सरको खतरालाई कम गर्न मद्दत गर्छ ।

खरबुजा

खरबुजामा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ । यसमा लाइकोपिन, क्यारोटिनोयड र क्यूक्रिबिटासिन इ जस्ता एन्टिअक्सिडेन्ट पाइन्छन् जुन क्यान्सरजस्ता गम्भीर रोगबाट जोगाउँछ । लाइकोपिनले मुटुलाई स्वस्थ राख्छ र बढेको रक्तचाप र कोलेस्ट्रोललाई कम गर्छ । खरबुजा खाँदा शरीरमा कहिले पनि पानीको कमी हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप