मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

राज्यमन्त्री विमला वली प्रकरण : प्रतिवेदन तयार पार्दै छानविन समिति

आइतबार, १२ असार २०७९, १४ : १९
आइतबार, १२ असार २०७९

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली प्रकरणका सम्बन्धमा मन्त्रीस्तरीय छानबिन टोलीले प्रतिवेदन तयार गर्न सुरु गरेको छ । राज्यमन्त्री वली गत जेठ ३१ गते  सुरक्षागार्डसहित तुलसीपुर उपमहानगरपालिका ५ का वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर विवाद गरेको घटना बाहिरिएको थियो । सो घटनालगत्तै बनेको मन्त्रीस्तरीय छानबिन समितिले प्रतिवेदन तयार गर्न सुरु गरेको हो ।

 छानबिन समितिको टोलीले घटनास्थलमा पुगेर दुवै पक्षसँग बुझेपछि प्रतिवेदन निर्माणको तयारी सुरु गरिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले जानकारी दिए । सरकारले असार १ गते मन्त्री शर्माकै नेतृत्वमा छानबिन समिति बनाएको थियो ।  छानबिन समितिमा लुम्बिनी प्रदेशकी महिला बालबालिका मन्त्री रमा घर्ती र प्रदेशका महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका छन् । 

छानबिन समितिलाई असार १५ गतेसम्म प्रतिवेदन बुझाउन भनिएको छ । छानबिन समितिका संयोजक शर्माले रातोपाटीसँग भने, ‘प्रतिवेदन बन्दैछ, जे छ प्रतिवेदनमा लेखिन्छ, अहिले केही बोल्न मिल्दैन ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप