तत्काल विद्यालयमा पाठ्यपुस्तक पुर्याउन योगेश भट्टराईको माग
आइतबार, १२ असार २०७९, १४ : १५
एमाले सांसद योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भट्टराई प्रदेशस्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराउँदै तत्काल किताब उपलब्ध गराउन माग गरेका हुन् ।
काठमाडौंकै दरबार हाइस्कुलमै पाठ्यपुस्तक नपुगेको भन्दै उनले यसबाट अध्ययन र अध्यापनमा अवरोध सृजना गरेको बताए । संसदमा शिक्षामन्त्रीले १५ दिनमै पाठ्यपुस्तक पुर्याउनु प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले सोमबार १५ दिन पुग्ने भए पनि हालसम्म पाठ्यपुस्तक विद्यालयमा पु¥याउने काम नभएको बताए ।
पाठ्यपुस्तक नहुँदा विद्यार्थी विद्यालय नजाने र अध्यापनमा समस्या भएको भन्दै उनले तत्काल पाठ्यपुस्तक उपलब्ध गराएर सहज रुपमा अध्ययन र अध्यापनको वातावरण बनाउन सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
-
लिभरपुलाई महत्त्वपूर्ण उपलब्धि दिलाउने फुटबलर लोयडको निधन
-
नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रूपमा आवाज उठायौँ: सभामुख घिमिरे
-
व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय
-
महिला खेलाडीसँगको सम्बन्ध पुष्टि भएपछि बर्खास्तमा परे प्रशिक्षक विली किर्क
-
दक्षिण अफ्रिकामा तीर्थयात्री बोकेको बस दुर्घटना, ४५ जनाको ज्यान गयो