शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’

आइतबार, १२ असार २०७९, १४ : ०१
आइतबार, १२ असार २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम ओलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् । मन्त्री हेरफेर गर्ने निर्णयलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिले अनुमोदन गरेसँगै आलेले पार्टीको निर्णय जुनसुकै बेला कार्यान्वयन गर्न आफू तयार रहेको ब्यहोराको पत्र अध्यक्ष नेपाललाई बुझाएका हुन् ।

पार्टी महासचिव बेदुराम भुसालका अनुसार मन्त्री आलेले २४ घण्टाभित्र आफू मन्त्री पद छाड्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । सोही अनुसार मन्त्री आलेले राजीनामा गर्ने प्रतिबद्धता पत्र बुझाएको उनको भनाई छ । 

मन्त्री हेरफेरको विषयमा पार्टीभित्र विवाद रहेको छ । पार्टीका मन्त्रीहरूले पार्टीले नयाँ मन्त्रीका लागि सिफारिस गरेभन्दा फरक नामहरू मन्त्रीका लागि सिफारिस गर्नुपर्ने भन्दै नयाँ सूची नै तयार पारेका थिए । पार्टीले मन्त्रीका लागि सिफारिस गरेका नामहरू समावेशी नभएको भन्दै नयाँ नामको सूची उनीहरुले तयार गरेका हुन् । 

​तर  यसअघि पार्टीको स्थायी कमिटी बैठकले तय गरेको नयाँ मन्त्रीको नाम अब हेरफेर नहुने पार्टीले बताएको छ । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप