नेप्से अपडेट– साढे १ बजेसम्म ८० अंकले बढ्यो
आइतबार, १२ असार २०७९, १३ : ४३
आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । दिउँसो साढे १ बजेसम्ममा नेप्से परिसूचक ८० अंकभन्दा धेरैले उकालो लागेको हो । कारोबार सुरू भएदेखि नै बढ्न थालेको नेप्से अझै बढ्ने संकेत देखाएको छ ।
यतिबेलासम्म नेप्सेमा १ अर्ब २८ करोड रुपैयाँ बराबरको ३५ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, ८० अंकभन्दा बढीको सुधारसँगै अहिलेसम्मको स्थितिमा नेप्से परिसूचक १ हजार ९४३ अंकको बिन्दुमा पुगेको छ ।
अहिलेसम्मको स्थितिमा नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ । जसमध्ये, निर्जीवन बीमा समूह, उत्पादनमूलक समूह र जीवन बीमा समूह ३०० अंक हाराहारीले बढेका छन् ।
यसैगरी, आज पाँचवटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । ती कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिहरू बफादारीको अपेक्षा गर्छन्, तर ट्रम्प पूर्ण आज्ञाकारिताको माग गर्छन्
-
सरकारले नागरिकलाई दूषित पानी खुवाउने गरेको छ : अध्यक्ष दाहाल
-
ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह
-
माघ १५ मा हुने भनिएको प्रेस सेन्टरको महाधिवेशन सर्ने
-
निर्माण व्यवसायीद्वारा चरणबद्ध आन्दोलनको घोषणा
-
चिकित्सकले मृत घोषणा गरेका व्यक्तिले जब हात हल्लाए...