शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

शून्य समयमा बोलेको विषयमा सरकारले चासो दिएन

आइतबार, १२ असार २०७९, १३ : ३६
आइतबार, १२ असार २०७९

सांसद आशाकुमारीले प्रतिनिधिसभाको शून्य समयमा बोलेको विषयमा चासो नदिएको बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठक अन्तर्गत शून्य समयमा बोल्दै उनले सांसदहरूको ध्यानाकर्षणमा सरकार अप्रिल फुल मनाएर बसेको आरोप लगाइन् ।

गत कात्तिकमा गएको बाढी पहिरोले बझाङमा दर्जनौं घरपरिवार पीडित भए पनि सरकारले अहिलेसम्म राहतका लागि कुनै चासो नदिएको बताइन् । ‘मन्त्री र सांसदहरू हेलिकोप्टरमा चढेर निरीक्षण गर्न गए, तर पीडितको अवस्था अहिले पनि उस्तै छ,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप