इराकी प्रधानमन्त्री इरान र साउदी अरेबिया जाने

इराकका प्रधानमन्त्री मुुस्ताफा अल कादिमी इरान र साउदी अरेबियाको भ्रमणमा जान लागेका छन् । इराकी सरकारी समाचार समिति आइएनएले सो कुराको जानकारी दिएको छ । उनी अर्को हप्ता इरान र साउदी अरेबिया जान लाग्नुभएको सो समाचारमा जनाइएको छ । उनले ती देशमा गएर त्यहाँका नेताहरुसँग प्रत्यक्ष वार्ता गर्नुहुने भएको सो समाचार समितिले जनाएको छ ।
उनी पहिला इरान पुग्ने र इरानका नेताहरुसँग द्धिपक्षीय भेटवार्ता गर्नुहुने छ । त्यसपछि उनी साउदी अरेबियाको भ्रमणमा जानुहुने भएको समाचारमा जनाइएको हो । यही जुन ९ तारिखमा इराकी विदेशमन्त्रीले इरानका विदेशमन्त्रीसँग इराक इरानसँगको वार्ताका लागि तयार भएको र आगामी दिनमा दुई देशको सम्बन्ध र अन्य विषयहरुमा वार्ता अघि बढाइने बताएका थिए ।
क्षेत्रीय सुरक्षा तथा खाडी राष्ट्रहरुको राजनीतिक अवस्थाका बारेमा इराकले वार्तालाई जारी राखेको छ । इराकले गत वर्षमात्र पनि इरान र अन्य खाडी देशहरुसँग वार्ता निरन्तर गरेको थियो । साथै इराकले इरानसँग गत वर्षमात्र पनि चार राउन्डमा वार्ता गरेको थियो । आणविक उर्जा तथा अन्य विषयमा अमेरिकासँग इरानको विवाद जारी रहेका बेला इराकले वार्ता अघि बढाउने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेटमा सरकारका ७ सिद्धान्त, २५ प्राथमिकता
-
चैत महिनामा झनै घट्यो मूल्यवृद्धि, काठमाडौँको वृद्धिदर सबैभन्दा कम
-
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
-
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
-
एक महिनामा भित्रियो १ खर्ब ४० अर्ब रेमिट्यान्स
-
बुढाथोकी बने राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्ष