नेपालमा पोर्टफोलियो विस्तार गर्दै शाओमी
![नेपालमा पोर्टफोलियो विस्तार गर्दै शाओमी](https://rpcdn.ratopati.com/media/albums/saomi2_AfwmaeI8vS.jpg)
स्मार्टफोन ब्रान्ड शाओमीले विभिन्न स्मार्ट उपकरणहरू पनि उत्पादन गर्दै आएको छ । स्मार्टफोन र ल्यापटप बाहेक २५२ मिलियन भन्दा बढी स्मार्ट उपकरणका साथ शाओमीले ‘एएलवटी’ प्लेटफर्मको रूपमा आफूलाई विस्तार गरेको छ ।
नेपालमै पहिलो पटक कम्पनीले विभिन्न विधाका नयाँ उत्पादनहरू पनि ल्याउने भएको छ ।
शाओमी वाच
एसवान एक्टिभमा ११७ स्पोर्ट मोडहरू छन् । जस मध्ये १९ वटा व्यावसायिक छन्। मुटुको धडकनको गति र रगतमा भएको अक्सिजनको मात्रा जाच्न सेन्सर प्याकको साथ बाहिरी गतिविधि ट्र्याकिङका लागि डुअल ब्यान्ड पोजिसनिङ भएको एस १ एक्टिभ पानी प्रतिरोधी पनि छ। यसमा भएको माइक्रो फोन र स्पिकरले घडीबाट कलहरू उठाउन सकिने कम्पनीको भनाइ छ । यसको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
रेडमी ब्यान्ड प्रो
यसैगरी कम्पनीले आयताकार मोड्युलमा १.४७ इन्चको स्मार्ट ब्यान्ड प्रो पनि ल्याउने भएको छ । रेडमी स्मार्ट ब्यान्ड प्रो लाई मी फिट एप मार्फत स्मार्ट फोनसँग कनेक्ट गर्न सकिन्छ । जहाँ एप सूचनाहरू, फोन कल र थप जानकारीहरू आफ्नो ब्यान्डमै प्राप्त गर्न सकिनेछ । यसको मूल्य ६,१९९ रुपैयाँ तोकिएको छ ।
एयर कम्प्रेसर
शाओमीमी पोर्टेबल एयर पम्पको साथ, बिना कुनै समस्या आफ्नो टायरलाई उचित प्रेसरको साथ हावा भर्न सकिनेछ । जसले गर्दा यो पम्पलाई साइकल, स्कुटर, मोटरसाइकल र कारको टायरका लागि पनि प्रयोग योग्य बनाउँछ। यसको मूल्य ५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
एयर प्युरिफायर
सेतो रंग अनि आयताकारको डिजाइन भएको, मी एयर प्युरिफायर ३ ले सजिलै घरको प्रदूषित हावा हटाएर सफा हावा भरिदिने कम्पनीको भनाइ छ । यसमा भएको रिङ लाइट डिस्प्लेले हावाको गुणस्तर अनुसार रङ परिवर्तन गर्नुका साथै हावामा पीएम कन्सनट्रेसन २.५ भन्दा बढी हुँदा यसको रंग हरियोबाट पहेँलो र रातोमा परिवर्तन हुने कम्पनीको भनाइ छ । यसको मूल्य २० हजार ९९९ रुपैयाँ तोकिएको छ ।
टूथ ब्रशःटी १०००
शक्तिशाली सोनिक मोटर भएको यो टूथब्रश प्रति मिनेट ३१,००० भन्दा बढी कम्पन पैदा गर्छ । जसले यसलाई प्रयोग गर्न सजिलो बनाउँछ । शाओमीमी इलेक्ट्रिक टूथब्रशले दाँतको बीचको भागमा अड्किएको फोहरलाई प्रभावकारी रूपमा हटाइ गहिरो सफाई गर्दछ । यसको मूल्य १ हजार ६९९ रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै