कैलाली र कास्कीमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
आइतबार कैलाली आसपास केही स्थानमा भारी वर्षा भई कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो रहेका बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै कास्कीको लुम्ले र जुमलेटी बर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षामापन भएको छ । आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।
आगामी तीन दिन कोशी, नारायणी, कमला, बागमती र यसका साना सहायक नदीहरूमा जल सतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले जनाएको छ । कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव बढ्ने तर सतर्कता तह भन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै