थरूहट आन्दोलनका अगुवाहरु रेशम चौधरीको पार्टीमा प्रवेश गर्दै

रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीमा थारुहरु संगठित हुन थालेका छन् । मधेसवादी दललगायत विभिन्न दलमा आवद्ध थरूहटका नेताहरु उन्मुक्ति पार्टीमा आवद्ध हुन थालेका छन् ।
आज उन्मुक्ति पार्टीले आयोजना गर्ने एक कार्यक्रमबीच थरूहट आन्दोलनका अगुवा लक्ष्मण थारु, सुरेन्द्र चौधरीलगायतले पार्टी प्रवेश गर्न लागेका हुन् ।
जसपाका मोहनलाल चौधरी, रकामकुमार थारु, प्रभा चौधरी, रञ्जित चौधरी, माओवादी केन्द्रका सीताराम थारु, काँग्रेसका राधेश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका जग्गनाथ चौधरी, पार्वती चौधरीलगायतका नेताहरु उन्मुक्ति पार्टीमा आज प्रवेश गर्न लागेका हुन् ।
त्यस्तै, थरूहट आन्दोलनका अगुवा तथा अधिकारकर्मी वासुदेव चौधरी, ओमप्रकाश चौधरी, इन्दु चौधरी, मनोज लोहार लगायत पश्चिमका थुप्रै थारुहरु उन्मुक्ति पार्टीमा आवद्ध हुन लागेको थरूहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरीले बताए ।
थारुहरु अलग अलग भएको फाइदा अरु दलले लिए, तर थारुहरुको अधिकार र माग पुरा भएको छैन, त्यसैले सबै थारु तथा उत्पीडनमा परेका समुदाय एक हुन लागेको हो, थारूले भने । यो पार्टीमा थारु मात्र होइन, देशभरका उत्पीडित समुदाय आवद्ध हुने बताउँदै उनले थारूलगायत उत्पीडित समुदायले आफ्नो अधिकारीका लागि आफै संघर्ष गर्ने बताए ।
तत्कालिन राजपाबाट प्रतिनिधिसभा चुनाव जितेका रेशम चौधरी थुनामा छन् । उनले थुनाबाट नै आफ्नो श्रीमतीको संयोजकत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गरेका हुन् । नयाँ पार्टी भएपनि स्थानीय चुनावमा राम्रो नतिजा ल्याउन सफल भएको हुनाले सो पार्टीप्रति सबैको आकर्षण बढ्दै गइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव
-
‘के घर के डेरा : घर नं २’ को टिजरमा प्रेम, वियोग र मानसिक यातना
-
५ वर्ष सामाजिक सुरक्षा भत्ता नबढाउन सरकारलाई सुझाव
-
सुमित्राले जितिन् ब्युटिसियन ट्यालेन्ट नेपालको ताज
-
भन्सारमा हुने चोरी पैठारी रोक्न करमाथि पुनर्मुल्याङ्कन गर्न सुझाव
-
गृहमन्त्रीको जवाफ : तीनकुने घटना आपराधिक, आइन्दा यस्तो हुन नदिन सरकार चनाखो छ