रामहरी खतिवडालाई हराउँदै ओखलढुंगाबाट यज्ञराज सुनुवार बिजयी
रामहरि श्रेष्ठ
ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधिसभा तर्फ यज्ञराज सुनुवार भारी मतान्तरले बिजयी भएका छन् ।
बाम गठबन्धन उम्मेद्वार तथा एमाले नेता सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहरी खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पारेका छन् ।
खतिवडाले २७ हजार ३ सय २७ मत ल्याएका छन् ।
बिजयी उम्मेद्वरबारे औपचारीक घोणना हुने तयारी भैरहेको छ ।
ओखलढुंगाको प्रदेशसभा अन्तरगत क्षेत्र नं क १ तर्फपनि बाम गठबन्धनका तर्फबात एमाले उम्मेद्वार अम्बिरबाबु गुरुङ बिजयी भैसकेका छन् । अहिले प्रदेशसभा १ ख को मगणना जारी छ ।
पछिल्लो परिणाम यस क्षेत्रमा पनि बाम गठबन्धनका माओवादी केन्द्रका उम्मेद्वार मोहन खड्का हिमशिखर झिनो मतले रहेका छन् । उनलाई नेपाली नेपाली काग्रेसका प्रदीप सुनुवारले पछ्याईरहेका छन् । ८ हजार ७ सय ३७ मत गनिसक्दा खड्काको ३ हजार ७ सय ८५ भएको छ भने सुनुवारको ३ हजार ७ सय ४१ भएको छ । त्यस्तै स्वतन्त्र उम्मेद्वार ज्ञनेन्द्र रुम्दालीको १ हजार ३ सय ८९ र संघिय समाजवादी फोरमको १ सय ८६ मत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित एक जना पक्राउ
-
निःशुल्क विश्वकप हेर्न खोज्दा ११५ जनाले गुमाए २ करोड २९ लाख
-
झलनाथ खनालको आह्वान : वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
बजेट असारभित्रै पारित हुन्छ, सरकार ढल्दैन : मुख्यमन्त्री शाह
-
चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, ३० तस्बिरमा हेर्नुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण