

वेल्सका कप्तान गेराथ बेलले एमएलएस टोली लस एन्जलिस एफसीसँग अनुबन्ध हुने सहमति गरेका छन् । ९ वर्ष रियल मड्रिड छाडेपछि ३२ वर्षीय खेलाडी अहिले फ्रि–एजेन्ट रहेका छन् ।
पाँच पटकको च्याम्पियन्स लिग विजेता खेलाडी प्रिमियर लिग क्लब टोटनहम हटस्पर्स र गृह नगरको क्लब कार्डिफ जाने चर्चा चलेको थियो । तर बेलले ट्वीट गर्दै लस एन्जलिस जाने घोषणा गरेका हुन् । क्लबले भने यसको औपचारिक जानकारी दिन बाँकी रहेको छ ।
सन् २०१३ मा तत्कालीन विश्व कीर्तिमानी ८.५ करोड पाउन्डमा बेल रियल पुगेका थिए । एलएफसीले यसअघि इटालीका डिफेन्डर जर्जियो किएलिनीलाई अनुबन्ध गरिसकेको छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ