
साताको कार्टुन : माधवको अपमान !

नेकपा एकीकृत समाजवादीलाई आफ्नो पार्टीका मन्त्रीहरु फेर्न महाभारत भएको छ । पार्टीका सबै कमिटीबाट मन्त्री हेरफेरको प्रस्ताव पारित भइसक्दा पनि मन्त्रीहरु आफ्नो पद छाड्न तयार देखिएका छैनन् । उनीहरुले एकपछि अर्को शर्त तेर्स्याउँदै हस्ताक्षर अभियान नै चलाएका छन् ।
पार्टीबाट मन्त्री हेरफेरको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई नामावली पठाएको यतिका दिन बितिसक्दा पनि सो निर्णय कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन् । देउवाले मन्त्रीहरू परिवर्तन नगरिदिँदा पार्टी भित्र धेरै सकस बढ्दै गएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपाल पार्टी भित्र र बाहिर चेपुवामा परेका छन् । देउवाले आफ्नो अपमान गरेको ठहर नेपालको छ । हेर्नुहोस् साताको कार्टुन :
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ