बजेटमाथिको छलफलका लागि बागमती प्रदेश सभाको बैठक बस्दै
![बजेटमाथिको छलफलका लागि बागमती प्रदेश सभाको बैठक बस्दै](https://rpcdn.ratopati.com/media/albums/bagmati-pradesh-sabha_W6jXjqnpOU.jpg)
बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट माथि छलफलका लागि दिउँसो २ बजे बैठक आह्वान गरिएको छ ।
गत असार २ गते बसेको प्रदेशसभाको बैठकमा बजेटमाथि सामान्य छलफल प्रारम्भ भएको थियो भने आजको बैठकमा बजेटमाथि मन्त्रालयगत रुपमा छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो ।
बैठक अवरुद्ध पार्ने पक्षमा एमाले
बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रदेशसभाको बैठक चल्न नदिने पक्षमा देखिएको छ । एमालेले प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि राख्दै प्रदेशसभाको आजको बैठक अवरुद्ध पार्ने पक्षमा देखिएको हो ।
सरकारले आगामी वर्षको बजेटमा चुनावी प्रचार मुखी र आफ्ना दलका कार्यकर्ता पोस्ने प्रकृतिको ल्याएको र बजेटमा प्रदेश सरकारले पक्षपात गरेको भन्दै विरोध गर्दै आएको छ । सरकारले बजेटमा प्रतिपक्षी दललाई समेत वेवास्ता गरेर बजेट ल्याएको एमालेको आरोप छ ।
प्रदेश सरकारले बजेटमा १३ वटा जिल्लाका नागरिकहरुलाई समेत विभेद गरेको एमालेको भनाई छ । एमालेले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलको गृहजिल्ला धादिङका लागि सबैभन्दा धेरै बजेट छुट्याएको र अन्य जिल्लालाई विभेद गरेको आरोप रहेको छ ।
एमालेले बजेट माथिको छलफलका लागि आह्वान गरिएको आजको बैठकमा आफ्ना सांसदहरु उपस्थित नहुने संकेत बताएको छ । एमाले प्रदेश सरकारले बजेट नसच्याएसम्म प्रदेशसभा बैठक संचालन गर्न नदिने संसदीय दलको बैठकले समेत छलफल भएको बताइएको छ । केही दिन अघि मात्र बसेको एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले सरकारको विभेदकारी नीति नसच्याएसम्म प्रदेशसभा चल्न नदिने निर्णयमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिसापानी–गड्डा चौकी सडकखण्ड ६ लेनको बन्छ : परराष्ट्रमन्त्री
-
प्रहरी जवानलाई कुटपिट गर्ने चार युवक पक्राउ
-
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
-
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै
-
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन