गुरुकुलमा बहुभाषिक नाट्य महोत्सव
‘बहुभाषिक नाट्य महोत्सव–२०७९’ आजबाट सुरु हुने भएको छ । काठमाडौंको थापागाउँ स्थित गुरुकुलको नाटक घरमा आयोजना हुने महोत्सव १८ असारसम्म चल्नेछ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुन लागेको महोत्सवमा ७ नाटक प्रदर्शन हुनेछ । महोत्सवका लागि चयन भएका नाटकमा खस भाषा, लेप्चा भाषा, तामाङ भाषा, थारु भाषा, वाम्बुले राई भाषा, पुमा राई भाषाका रहेको महोत्सव संयोजक तथा प्रतिष्ठानको नाट्य तथा रंगमञ्च विभागकी सदस्य निशा शर्माले जानकारी दिइन् ।
महोत्सवमा पहिलो दिन आज फिक्कलमा रहेको लाप्चा उत्थान मञ्च इमालको प्रस्तुतिमा लाप्चा भाषाको नाटक स्वर्ग जाने सिँढी मञ्चन हुनेछ । १३ गते कुन्दन थारुको निर्देशनमा रौतहटको थारु समुदायको नाटक कनन लता, १४ मा ओखलढुंगाबाट वाम्बुले राई भाषाको नाटक सुम्निमा, १५ मा धरानबाट तामाङ भाषाको नाटक डम्फुला, १६ मा पुमा राई भाषाको नाटक होङछा, १७ मा इलामबाट चेतन आङथुपो मञ्चन हुनेछ ।
महोत्सबको अन्तिम दिन १८ असारमा दिपेन्द्र उपाध्यायको निर्देशनमा जुम्लाबाट खस भाषाको नाटक कुटिरो मञ्चन गरिने कार्यक्रम छ । नाटकलाई कर्णाली खस संस्कृति संरक्षण मञ्चले प्रस्तुत गर्ने भएको छ ।
महोत्सवमा सहभागी हुने नाटकहरूलाई प्रतिष्ठानले मञ्चन खर्च स्वरुप प्रति टोली ५० हजार रुपैयाँ प्रदान गर्ने छ । महोत्सवमा सहभागी नाट्य टोलीलाई काठमाडौंमा बस्ने र खाने व्यबस्था आफुहरुले गर्ने पनि शर्माले बताइन् । महोत्सवको सह–आयोजकमा आरोहण गुरुकुल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?