मदन भण्डारी कलेजद्वारा आयोजित आँखा तथा दन्त शिविर सम्पन्न

सामुदायिक रुपमा सञ्चालित मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । कलेजले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा विज्ञान प्रतिष्ठान र समाज डेन्टलको सहकार्यमा शिविर सञ्चालन गरेको हो ।
शनिबार आयोजित शिविरमा २८४ जना दाँतका बिरामी र ४४७ जना आँखाका बिरामीले लाभ लिएका छन् । यस्तै, १२ जना मोतियाविन्दुकाे बिरामी पहिचान भएको कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक अरुण शर्माले जानकारी दिए ।
‘आज आयोजित कार्यक्रमबाट २८४ दाँतका बिरामी र ४४७ आँखाका बिरामीले लाभ लिएका छन्, जसमा ५३ जना बिरामीलाई चस्मा लगाउनु पर्ने भएको छ, १२ जना मोतियाविन्दुका बिरामी पहिचान भएको छ,’ शिक्षक शर्माले भने, ‘मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने छ ।’
शिक्षक शर्माका अनुसार काठमाडौं महानगर १० र २९ का स्थानीयले शिविरबाट लाभ लिएका छन् । उनले भने, ‘विनायकनगर, देवीनगर, बुद्धनगर, थापाथली शंखमुल, बानेश्वर क्षेत्रका सुकुम्बासी बस्तीका बासिन्दा र वरपरका सरकारी विद्यालयका विद्यार्थी, अन्य कलेजका विद्यार्थीहरुले शिविरबाट लाभ लिएका छन् ।’
कलेजकै विद्यार्थी, शिक्षक, परिवारका सदस्यहरूले समेत उक्त शिविरबाट लाभ उठाएको शिक्षक शर्माले बताए । शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने तिलगंगा आँखा विज्ञान प्रतिष्ठान, समाज डेन्टल, युनिलिभर नेपाल लिमिटेड, स्थानीय स्वयंसेवक, लाभग्राही र कलेजका सम्पूर्ण कर्मचारी तथा विद्यार्थीलाई कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक शर्माले धन्यवाद ज्ञापन गरेका छन् ।
कलेजले आफ्नो वार्षिकोत्सवको अवसर पारेर रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा कलेज परिसरकै विद्यार्थी र कर्मचारीले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमबाट ९९ पिन्ट रगत संकलन भएको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
-
बोर्डमा ‘महिला चलचित्र महोत्सव’ सुरु
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग