बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

मदन भण्डारी कलेजद्वारा आयोजित आँखा तथा दन्त शिविर सम्पन्न

आइतबार, १२ असार २०७९, ०७ : १७
आइतबार, १२ असार २०७९

सामुदायिक रुपमा सञ्चालित मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । कलेजले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा विज्ञान प्रतिष्ठान र समाज डेन्टलको सहकार्यमा शिविर सञ्चालन गरेको हो ।

शनिबार आयोजित शिविरमा २८४ जना दाँतका बिरामी र ४४७ जना आँखाका बिरामीले लाभ लिएका छन् । यस्तै, १२ जना मोतियाविन्दुकाे बिरामी पहिचान भएको कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक अरुण शर्माले जानकारी दिए ।

‘आज आयोजित कार्यक्रमबाट २८४ दाँतका बिरामी र ४४७ आँखाका बिरामीले लाभ लिएका छन्, जसमा ५३ जना बिरामीलाई चस्मा लगाउनु पर्ने भएको छ, १२ जना मोतियाविन्दुका बिरामी पहिचान भएको छ,’ शिक्षक शर्माले भने, ‘मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने छ ।’

शिक्षक शर्माका अनुसार काठमाडौं महानगर १० र २९ का स्थानीयले शिविरबाट लाभ लिएका छन् । उनले भने, ‘विनायकनगर, देवीनगर, बुद्धनगर, थापाथली शंखमुल, बानेश्वर क्षेत्रका सुकुम्बासी बस्तीका बासिन्दा र वरपरका सरकारी विद्यालयका विद्यार्थी, अन्य कलेजका विद्यार्थीहरुले शिविरबाट लाभ लिएका छन् ।’

कलेजकै विद्यार्थी, शिक्षक, परिवारका सदस्यहरूले समेत उक्त शिविरबाट लाभ उठाएको शिक्षक शर्माले बताए । शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने तिलगंगा आँखा विज्ञान प्रतिष्ठान, समाज डेन्टल, युनिलिभर नेपाल लिमिटेड, स्थानीय स्वयंसेवक, लाभग्राही र कलेजका सम्पूर्ण कर्मचारी तथा विद्यार्थीलाई कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक शर्माले धन्यवाद ज्ञापन गरेका छन् ।

कलेजले आफ्नो वार्षिकोत्सवको अवसर पारेर  रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा कलेज परिसरकै विद्यार्थी र कर्मचारीले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमबाट ९९ पिन्ट रगत संकलन भएको शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप