लुम्ले र जुमलेटीमा अतिभारी वर्षा, आकस्मिक बाढीको जोखिम
आइतबार, १२ असार २०७९, ०७ : ०९
मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । आज राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अतिभारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घन्टामा अति भारी वर्षामापन भएको छ ।
आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ भने कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजे सम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम बाहेकका प्रदेशका केही क्षेत्रमा भारी वर्षाको पनि आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या