मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठले उम्मेदवारी दिने

आइतबार, १२ असार २०७९, ०६ : ५५
आइतबार, १२ असार २०७९

सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा विजय श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । अघिल्लो पटक झिनो मतान्तरले पराजित श्रेष्ठले लोकतान्त्रिक प्यानलबाट उम्मेदवारी दिन लागेका हुन् ।

आइतबार हुने उम्मेदवारी मनोनयनमा लोकतान्त्रिक प्यानलबाट उनको नाम सर्वसम्मत भएको हो । यसअघि श्रेष्ठ वामपन्थी प्यानलका गिरिधारी सापकोटासँग पराजित भएका थिए । 

उद्योग वाणिज्य संघका सदस्य हुँदै उद्योग सचीव, महासचिव र दुई कार्यकाल उपाध्यक्षको अनुभव सङ्गालेका उनी अध्यक्ष भएर सफल कार्यकाल चलाउने योजनामा छन् । 

धरानको बजारमा कमजोर बन्दै गएको व्यापार र व्यवसायीक चहलपहललाई पुनर्जीवन दिने उनले बताए । आफु विजयी भएमा विगतमा नेतृत्वबाट भएका गल्तीलाई सच्याउने र नयाँ योजनाको साथ काम गर्ने उनले प्रष्ट पारे । 

धरानको पुरानो आकर्षणलाई पुनः त्यही अवस्थामा ल्याउन नयाँ व्यवसायीक योजना, नीतिको आवश्यकता परेको श्रेष्ठको बुझाई छ । परम्परागत व्यापार व्यवसायमा आधुनिकता भरेर धरानलाई ब्यापारिक पर्यटकीय शहरको रुपमा विकास गर्ने उनको योजना छ । 

२० गते हुने निर्वाचनको लागि २९७७ जनाले मतदान गर्ने भएका छन् ।  जसमा वाणिज्य तर्फ सबै भन्दा बढी १८५८, उद्योगतर्फ १००३, वस्तुगत १८ र एसोसिएटतर्फ ९८ मतदाता रहेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप