जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, ९७७ मत खस्यो
जीतपुर-सिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन सकिएको छ । वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा नौ सय ७७ मत खसेको छ । जीतपुरस्थित संघको भवनमा सम्पन्न निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८१ र एशोसियटतर्फ चार मत खसेको हो ।
संघको वाणिज्यतर्फ एक हजार दुई सय १६, उद्योगतर्फ ८३ र एशोसियटतर्फ ६ गरी कुल एक हजार तीन सय पाँच मतदाता थिए । कुल मतको ७४.८७ प्रतिशत मत खसेको हो ।
नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना केही समयपछि सुरु गर्ने तयारी निर्वाचन मण्डलले गरेको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दबहादुर क्षेत्रीका अनुसार उम्मेदवार र प्रतिनिधिसँग बसेर छलफल गरी मतगणना सुरु गरिनेछ ।
संघको १९ सदस्यीय कार्यसमितिमध्ये निर्वाचनबाट वाणिज्य र उद्योगतर्फ गरी १६ जना निर्वाचित हुनेछन् । यसअघि संघको अध्यक्षमा मोहन शर्मा र उद्योगतर्फ सचिवमा मुकेशप्रसाद निर्विरोध निर्वाचित भइसकेका छन् भने एशोसियटतर्फको सदस्य पदमा कसैको उम्मेदवारी परेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)